Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमाले र माओवादीबीच सहकार्यको सम्भावना कति ? के भन्छन् देव गुरुङ !

एमाले र माओवादीबीच सहकार्यको सम्भावना कति ? के भन्छन् देव गुरुङ !

  • आइतवार, आषाढ २६ २०७९

  • 682
    SHARES

  • एमाले र माओवादीबीच सहकार्यको सम्भावना कति ? के भन्छन् देव गुरुङ !

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संघ र प्रदेशको आगामी निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नभएको बताउनुभएको छ ।

    आइतबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा नेता गुरुङले एमालेको नेतृत्वले राष्ट्रिय र प्रजातन्त्र लगायतका विषयमा विगतमा गरको गल्तीको गम्भीर आत्मसमीक्षा नगरेकाले त्यो सम्भावना नभएको टिप्पणी गर्नुभयो ।

    राष्ट्रियता र संविधानजस्ता विषयले हालको सत्ता गठबन्धनमा अप्ठ्यारोमा परेको अवस्थामा एमालेसँग गठबन्धन बन्न सक्ने भए पनि अहिले त्यो अवस्था पनि नरहेको उहाँको भनाइ छ ।

    ‘सत्तारुढ गठन्धनमा अहिलेसम्म राष्ट्रियता र प्रजतान्त्रको सन्दर्भमा गम्भीर प्रकारको भुल भएको देखिदैन,’ गुरुङले भन्नुभएको छ ।


    आइतवार, आषाढ २६ २०७९०२:४८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij