Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सिन्जो आबे - मन्त्रीको सहयोगीदेखि जनताका राजकुमार सम्म

सिन्जो आबे - मन्त्रीको सहयोगीदेखि जनताका राजकुमार सम्म

  • जीवन भण्डारी
  • शनिवार, आषाढ २५ २०७९

  • 743
    SHARES

  • सिन्जो आबे - मन्त्रीको सहयोगीदेखि जनताका राजकुमार सम्म

    जापानका लोकप्रिय नेता शिन्जाे आबेको हिजाे गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नु भएका आबे आम नागरिकका बीचमा निकै लोकप्रिय नेता हुनुहुन्थ्यो । 

    दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आबेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिनु भएको थियो ।

    आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उहाँले आफ्नो जिम्मेवारीप्रति इमानदार हुँदै राजीनामा दिनु भएको थियो । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गर्नु भएका लिवरल डेमोक्रेटिक पार्टीका नेता आबेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै बिदा लिनु परेको छ । 

    भाेलि हुने माथिल्लो सदनको चुनावका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला एक व्यक्तिको गोली प्रहारबाट उहाँको निधन भएको हो । 

    सन् १९५४ मा जन्मिनु भएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो । उहाँले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गर्नु भएको थियो । त्यसपछि उहाँले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गर्नुभएको थियो । 

    राजनीतिमा भने उहाँ सन् १९८२ मा तत्कालीन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गर्नु भएको थियो । उहाँ सन् १९९३ देखि निरन्तर नौ पटक सांसद हुनुभएको थियो । 

    उहाँले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गर्नु भएको थियो भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो । मन्त्रिपरिषदमा भने २००५ मा उहाँले पहिलो पटक सहभागी हुने मौका पाउनु भएको थियो । 

    त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किनु भएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बन्नुभयो । उहाँले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्याग्नु भएको थियो । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाउनुभएको थियो । 

    आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उहाँको छुट्टै पहिचान बनेको थियो । कट्टर राष्ट्रवादी धारका कारण उहाँले चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सक्नुभएको थिएन ।
     
    राजनीतिक विरासत बोकेको परिवारका सदस्य भइ जनताका बीचमा लोकप्रिय रहेकाले उहाँलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उहाँका बुबा शिनतारो आबे जापानको विदेश मन्त्री बन्नुभएको थियो भने हजुरबुबा नोबुशुके किशी प्रधानमन्त्री हुनुहुन्थ्यो । 


    शनिवार, आषाढ २५ २०७९०७:५२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij