काठमाडौं । नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने भएका छन् ।
आज जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गर्नुभएको हो । आजको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपश्चात प्रचण्डले पदाधिकारीबारे बोल्नुभएको थियो ।
उहाँले गृहकार्य नपुगेको भन्दै पदाधिकारी टिमको घोषणा गर्न केही दिन समय माग्नुभयो। तर वरिष्ठ उपाध्यक्षणमा नारायणकाजीको नाम लिनुभएको थियो ।
प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यामा त नारायणकाजीको विकल्प को छ र ? खगराजजीले पढ्नुहुन्छ, मात्रिकाजीले विरोध गरिहाल्नुहुन्छ ।’
उहाँले सबैको अनुहार उज्यालो हुने गरी आफूले पदाधिकारी टिम घोषणा गर्ने उल्लेख गर्नुभयो ।