Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिँदै बोरिस् जोनसन

कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिँदै बोरिस् जोनसन

  • बिहिवार, आषाढ २३ २०७९

  • 659
    SHARES

  • कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिँदै बोरिस् जोनसन
    काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस् जोनसनले कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिने भएका छन्।
     
    बेलायती प्रसारण संस्था बिबिसीका अनुसार उनको सरकारमा रहेका महत्त्वपूर्ण मन्त्रीसहित दर्जनौँ सांसदहरूले राजीनामा दिएपछि जोनसनले बिहीबार पार्टी नेतृत्व छोड्न लागेका हुन्।
     
    राजीनामा दिन उनीमाथि चौतर्फी दबाब थियो।
     
    कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिए पनि उनी केही समयसम्म बेलायती प्रधानमन्त्री रहनेछन्।
     
    कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्न केही समय लाग्नेछ। सन् २०१९ मा भएको संसदीय चुनावमा कन्जरभेटिभ पार्टीले तल्लो सदन हाउस अफ कमन्समा बहुमत ल्याएको थियो।  ६५० सिटमध्ये ३६५ सिट कन्जरभेटिभ पार्टीले जितेकाले उसले एक्लै बहुमतको सरकार बनाउन सक्छ।
     
    कन्जरभेटिभ पार्टीको नेता छान्न समय लाग्ने भएकाले त्यतिन्जेलसम्मका लागि जोनसन नै प्रधानमन्त्री हुने भएका हुन्।
     
    बुधबारसम्म बेलायती अर्थमन्त्री ऋषि सुनाकसहित विभिन्न मन्त्रीहरू र मन्त्रालयमा विभिन्न जिम्मेवारी सम्हालेका ४० जना बढी सांसदले राजीनामा दिएका थिए।   
     


    बिहिवार, आषाढ २३ २०७९०२:५१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij