Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शिव सुवेदीको 'अति भयो अति'मा खेम सेन्चुरीदेखि सुनिता बुढासम्म एकैसाथ (भिडियोसहित)

शिव सुवेदीको 'अति भयो अति'मा खेम सेन्चुरीदेखि सुनिता बुढासम्म एकैसाथ (भिडियोसहित)

  • आइतवार, भाद्र ७ २०७७

  • 1.2K
    SHARES

  • शिव सुवेदीको 'अति भयो अति'मा खेम सेन्चुरीदेखि सुनिता बुढासम्म एकैसाथ  (भिडियोसहित)

    काठमाडौं । शिव सुवेदी भन्नासाथ लोक तथा दोहोरी क्षेत्रमा सबैले रुचाएको र परिचित नाम हो । सुवेदीका शब्द, संगीतमा बजारमा आएका सबै गीतहरुले दर्शकश्रोताले उत्तिकै माया पाका छन् ।

    अध्ययनको शिलशिलामा देशबाहिर बस्दै आउनुभएका सुवेदीको लामो समयपछि नयाँ सिर्जना बजारमा आएको छ । गरिबको गीत अत्ति भयो अत्ति लिएर आएका सुवेदीको उक्त गीतमा अहिलेका चर्चित दशजना लोक गायकगायिकाको आवाज रहेको छ ।

    गीतमा देशको वर्तमान अवस्थालाई चित्रण गरिएको छ । सुवेदीको शब्द र लय रहेको गीतमा कलाकारहरु कुलेन्द्र बिक, सम्झना भन्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमल पोखरेल, नरेश खाती र टीका सानुको आवाज रहेको छ ।

    अर्जुन पोखरेलको संगीत संयोजन रहेको छ । गीत बिनोद भण्डारीको निर्देशनमा तयार पारिएको हो । भण्डारीको निर्देशनमा यो भन्दा अगाडिपनि थुप्रै गीतहरु बजारमा आएक छन् । गीत स्टुडियो मालश्रीमा रेकर्ड भएको हो ।

     


    आइतवार, भाद्र ७ २०७७०३:५२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij