काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद वर्षमान पुनले जनार्दन शर्माले छानबिनका लागि पदबाट राजीनामा दिएको भन्दै उनी निर्दोष भएमा पुनः अर्थमन्त्री बन्ने बताउनुभएको छ।
बुधबार(आज) संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता पुनले छानबिनपछि निर्दोष भएमा शर्मा पुनः दोहोरिने दाबी गर्नुभएको हो।
‘उहाँले छानबिनका लागि मार्ग प्रशस्त गर्नुभएको हो। यसअघि रामशरण महतका विषयमा पनि कुरो उठेपछि उहाँले नैतिकताका आधारमा राजीनामा दिनुभयो र पछि निर्दोष भएपछि अर्थमन्त्री बन्नुभएको थियो,’ उहाँले भन्नुभयो, ‘उहाँले निर्दोष छु भन्नुभएको छ। छानबिनबाट उहाँ निर्दोष हुनुभयो भने उहाँ नै अर्थमन्त्री हो। पार्टीले तत्काल अर्को मानिस पठाउँदैन।’