Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाका बिरामीलाई अस्पताल भर्ना गर्दा मन्त्रालयको अनुमति लिनुपर्ने सरकारी निर्णय विवेकहीन र अव्यवहारिक : गगन थापा

कोरोनाका बिरामीलाई अस्पताल भर्ना गर्दा मन्त्रालयको अनुमति लिनुपर्ने सरकारी निर्णय विवेकहीन र अव्यवहारिक : गगन थापा

  • आइतवार, भाद्र ७ २०७७

  • 1.4K
    SHARES

  • कोरोनाका बिरामीलाई अस्पताल भर्ना गर्दा मन्त्रालयको अनुमति लिनुपर्ने सरकारी निर्णय विवेकहीन र अव्यवहारिक : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना भाइरसका बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने सरकारी निर्णयको कडा शब्दमा निन्दा गर्नुभएको छ । कोरोनाका बिरामी अस्पतालमा भर्ना हुनुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने निर्णयलाई उहाँले विवेकहीन र अव्यवहारिक भन्नुभएको छ ।

    ‘मन्त्रीज्यू, यो निर्देशनको अर्थ के हो ? लेखिएजस्तो बिरामी भर्ना गर्नुपूर्व अस्पताल वा विरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्ने हो भने यस्तो विवेकहिन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्न’, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मेन्सन गर्दै ट्विटरमा नेता थापाले लेख्नुभएको छ, ‘लेखिएभन्दा फरक आशय हो भने के भन्न खोजेको हो प्रष्ट बुझ्ने गरी भनिदिनुहोस् ।’

    शनिबार मात्र सरकारले कोरोनाका बिरामीले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने निर्णय गरेको थियो ।

    अस्पतालमा संक्रमितका लागि छुट्याइएका आइसोलेसन तथा आइसीयु बेडमा बिरामी भर्ना गर्नुपर्दा मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको सिफारिस र समन्वय गर्नुपर्ने निर्णयसमेत भएको थियो । यसको सर्बत्र विरोध भइरहेको छ ।

    Capture.PNG

     


    आइतवार, भाद्र ७ २०७७०३:०७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij