Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत जोइन्ट वर्किङ ग्रुप बैठक सम्पन्न, पेट्रोलियम पदार्थ र ग्यासको पूर्वाधार बिस्तारमा छलफल केन्द्रीत

नेपाल–भारत जोइन्ट वर्किङ ग्रुप बैठक सम्पन्न, पेट्रोलियम पदार्थ र ग्यासको पूर्वाधार बिस्तारमा छलफल केन्द्रीत

  • आइतवार, भाद्र ७ २०७७

  • 1.0K
    SHARES

  • नेपाल–भारत जोइन्ट वर्किङ ग्रुप बैठक सम्पन्न, पेट्रोलियम पदार्थ र ग्यासको पूर्वाधार बिस्तारमा छलफल केन्द्रीत

    काठमाडौं । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सकिएको छ । छलफल पेट्रोलियम पदार्थ र ग्यासको पूर्वाधार बिस्तारमा केन्द्रीत रहेको बताइएको छ । 

    नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग तथा परियोजना निर्माणमा देखिएका समस्याबारे मूल्यांकन गर्न बैठक केन्द्रीत रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    पहिलो चरणको पाइपलाइनपछि अमलेखगन्जमा थप भण्डारण गृह निर्माण, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तारको विषयमा दुई पक्षबीच छलफल भएको छ ।

    त्यस्तैै, सिलगुढी–झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन तथा रुपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइन विस्तारको विस्तृत सम्भाव्यता अध्ययन र चुनौतीबारे बैठक केन्द्रित रहेको मन्त्रालय स्रोतले जनाएको छ ।


    आइतवार, भाद्र ७ २०७७०२:३४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij