Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्दै 

अर्थमन्त्रीबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्दै 

  • मंगलवार, आषाढ २१ २०७९

  • 1.3K
    SHARES

  • अर्थमन्त्रीबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्दै 
    काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग यसबारे छलफल गर्नुहुने भएको छ । 
     
    बजेट निर्माणका बेला अनधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि यसबारे मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठकमा छलफल भएको थियो ।
     
    ‘अर्थमन्त्रीबारे धेरै कुरा आएपछि अध्यक्षले प्रधानमन्त्रीसँग कुरा गर्छु भन्नु भएको छ,’ एक पूर्वस्थायी समिति सदस्यले भने ।’
     
    प्रमुख विपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने भन्दै संसददेखि सडकसम्म आवाज उठाइरहेको छ ।


    मंगलवार, आषाढ २१ २०७९०३:१६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij