Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अमेरिकाको शिकागोमा परेडमा अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ

अमेरिकाको शिकागोमा परेडमा अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ

  • मंगलवार, आषाढ २१ २०७९

  • 519
    SHARES

  • अमेरिकाको शिकागोमा परेडमा अन्धाधुन्ध गोली प्रहार गर्ने युवक पक्राउ

    काठमाडौं । अमेरिकाको शिकागोमा सोमबार राष्ट्रिय स्वतन्त्रता दिवसमा परेडका क्रममा अन्धाधुन्ध गोली प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शिकागोको हाईल्याण्ड पार्कमा आयोजित परेडका दौरान गोली प्रहार गर्ने २२ वर्षीय युवक रोबर्ट इ क्राइमोलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा ६ जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका छन् । प्रहरीका अनुसार उनको साथबाट एउटा राइफल बरामद गरिएको छ ।

    परेडमा सामेल भएकाहरुमाथि आक्रमणकारीले एक अग्लो भवनको छतबाट बन्दुक चलाएका थिए । अन्धाधुन्ध गोली प्रहार गरेपछि भागदौड मच्चिएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणप्रति दुःख व्यक्त गर्दै घटनाको खबरले स्तब्ध भएको प्रतिकृया दिनुभएको छ ।

    साथै उहाँले अमेरिकामा बन्दुकबाट हुने हिंसाविरुद्ध कारबाही जारी राख्ने प्रतिवद्धता पनि दोहोर्याउनुभएको छ ।


    मंगलवार, आषाढ २१ २०७९११:३३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij