Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री अझै लज्जित छैनन्, गगन थापाले समेत राजीनामा मागेपछि देउवा दबाबमा

अर्थमन्त्री अझै लज्जित छैनन्, गगन थापाले समेत राजीनामा मागेपछि देउवा दबाबमा

  • सोमवार, आषाढ २० २०७९

  • 812
    SHARES

  • अर्थमन्त्री अझै लज्जित छैनन्, गगन थापाले समेत राजीनामा मागेपछि देउवा दबाबमा

    काठमाडौं । राज्यका प्रमुख निकायहरुको निगरानी र सुरक्षा संवेदनशीलतालाई हेरेर जोडिएका सीसीटिभीमा चाहिएको बेला फुटेज नभेटिनुले गलत चलखेल भइरहेको प्रष्ट्याएको छ ।

    अर्थमन्त्रालयमा जोडिएको सीसीटिभीमा अहिले फुटेजनै गायब पारिएपछि अर्थमन्त्री जनार्दन शर्माको नैतिकतामाथि प्रश्न उठ्न थालेको छ ।

    केहीदिन अघिसम्म संसदमा प्रतिपक्षी दल नेकपा एमालेले सीसीटिभी फुटेज बाहिर ल्याउनुपर्ने र अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने प्रश्न उठेका बेला मन्त्री स्वयंले किन देखाउने भन्दै प्रतिप्रश्न गरेका थिए । अहिले अर्थमन्त्रालयले फुटेजनै नभएको बताइरहेको छ ।

    आज प्रतिनिधिसभा बैठकमा बोल्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालयको सीसीटिभी फुटेज सम्बन्धि नियमको पालना नभएको भन्दै अर्थमन्त्रीले किन नियम नमानेको भनी प्रश्न गर्नुभयो ।

    बजेट कसैको घरको सम्पत्ति नभएको बताउँदै अध्यक्ष ओलीले निश्चित घरानालाई पोस्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएकोप्रति आक्रोश व्यक्त गर्नुभयो । संसदमा प्रश्न उठेपछि जवाफ दिनुपर्ने बताउँदै ओलीले उल्टै थर्काउने भन्दै प्रतिप्रश्न गर्नुभयो ।

    कांग्रेस महामन्त्री गगन थापाले अर्थमन्त्री राजीनामा दिनुपर्ने अटेर गरे प्रधानमन्त्रीले हटाउनुपर्ने बताउनुभयो ।

    गृहमन्त्रालयको निर्देशिकामा सीसीटिभी फुटेज कम्तीमा तीन महिनासम्म राख्नुपर्ने भनिएको छ । यदि सो समयसम्म फुटेज नभेटिएमा विद्युतीय नियमावली अनुसार कारबाही हुने उल्लेख गरिएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

    मुलुकको संवेदशील मन्त्रालयका सीसीटिभी फुटेज गायब पारिनुले त्यसमा कारबाहीको भागिदार को हुन्छ ? भन्ने नैतिक प्रश्न तेर्सिएको छ । संविधानविद् डा. भीमार्जुन आचार्यले राज्यका प्रमुख अंगमा भएको हेलचक्रयाँइको सत्यतथ्य छानबिन गरी कारबाही गर्नुपर्ने बताउनुभयो ।

    प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिक भएको अघिल्लो दिन जेठ १४ मध्यरातिको अर्थ मन्त्रालयको सीसीटिभी फुटेज उपलब्ध गराउन माग गरिरहेको छ ।

    सोही दिन मध्यराति अर्थमन्त्री जनार्दन शर्माले दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराइ करको दर परिवर्तन गराएको समाचार आएपछि एमालेले उक्त दिनको सीसीटिभी फुटेज माग्दै आएको हो ।


    सोमवार, आषाढ २० २०७९०८:०३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij