Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

  • सोमवार, आषाढ २० २०७९

  • 614
    SHARES

  • नवनियुक्त मन्त्रीले लिए शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको छ ।

    राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरू मृगेन्द्रकुमार सिंह, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई शपथ ग्रहण गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव रहनुभएको छ ।

    जसपाले सोमबार नयाँ मन्त्री सिफारिस गरेको थियो । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीहरूलाई नियुक्त गर्नुभएको हो ।

    जसपाले महिन्द्रराय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो । जसपाबाट यसअघी मन्त्री भएका राजेन्द्र श्रेष्ठलाई भने फिर्ता बोलाएको छैन ।

    जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच विवाद उत्कर्षमा पुगेको बेला मन्त्री हेरफेर भएको हो ।


    सोमवार, आषाढ २० २०७९०६:२३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij