Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लोसपाद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध

लोसपाद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध

  • सोमवार, आषाढ २० २०७९

  • 783
    SHARES

  • लोसपाद्वारा मधेस प्रदेश सभाको बैठक अवरुद्ध
    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।
     
    अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।
     
    बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने बताउनुभएको थियो । यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलार्ई जवाफ दिन भनेपछि साहले प्रक्रिया पुर्‍याएर नै आफूले बजेट दिएको बताउनुभयो । 
     
    उहाँले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट दिएको बताउनुभयो । सप्तरीको सिँचाइ कार्यालयले माग गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय बमोजिम यो बजेट उपलब्ध गराइएको उहाँले दाबी गर्नुभयो । 
     
    उहाँले कार्य सम्पन्न गर्दै गएपछि अपुग हुने बजेट अर्थ मन्त्रालयले व्यवस्थापन गर्ने भनिएकाले अपुग भएको रकम प्रक्रिया पुर्‍याएर नै दिइएको बताउनुभयो । 
     
    तर लोसपा सांसद साहले मन्त्रीको भनाइ चित्त बुझ्दो नभएकाले बैठक अवरुद्ध गर्ने बताउनुभयो । उहाँले यसबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म बैठक अवरुद्ध गर्ने बताउनुभयो । १ असारमा बजेट प्रस्तुत भएपछि प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको छ ।


    सोमवार, आषाढ २० २०७९०३:२८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij