Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था स्थिर

भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था स्थिर

  • शनिवार, भाद्र ६ २०७७

  • 1.2K
    SHARES

  • भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था स्थिर


    एजेन्सी । अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

    एक हप्ताभन्दा बढी समयदेखि अचेत अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले जनाएको छ ।

    अस्पतालले आज दिएको जानकारीअनुसार ८४ वर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो ।

    पूर्वराष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । उनको दिमागमा समेत असर परेकाले अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन् ।

     


    शनिवार, भाद्र ६ २०७७०७:२८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij