Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जनताको कुरा सुनौँ, अहम् नगरौँ भन्दा कुर्सीको पछि लागेको हुँदैनः नेता नेपाल

जनताको कुरा सुनौँ, अहम् नगरौँ भन्दा कुर्सीको पछि लागेको हुँदैनः नेता नेपाल

  • शनिवार, भाद्र ६ २०७७

  • 1.2K
    SHARES

  • जनताको कुरा सुनौँ, अहम् नगरौँ भन्दा कुर्सीको पछि लागेको हुँदैनः नेता नेपाल

    काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सरकारको कार्यशैली बदल्न खोजेको बताउनुभएको छ । सत्तारुढ नेकपाभित्र पछिल्लो समय देखिएको विवाद पदका लागि नभएको बताउँदै उहाँले आफूहरुले सरकारले कार्यशैली बदल्नुपर्छ भनिरहेको बताउनुभएको हो ।

    कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका उपायबारे काठमाडौँ क्षेत्र नम्बर २ का जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा चिकित्सकहरुसँगको जुम सेमिनारमा नेता नेपालले सरकारले जनताका कुरा सुन्नु पर्छ भन्नु नै अहिलेको नेकपाको विवाद भएको उल्लेख गर्नुभयो ।

    उहाँले अहम नराखौँ, जनताका कुरा सुनौँ भन्दा कुर्सीको पछि लागेको नहुने बताउनुभयो ।  नेता नेपालले आफूले कहिल्यै पनि कुर्सीका लागि राजनीति नगरेको बताउँदै प्रधानमन्त्रीको पद र पार्टीको पदबाट पनि राजीनामा दिएको स्मरण गर्नुभयोे ।


    शनिवार, भाद्र ६ २०७७०७:०२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij