काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्नुभएको छ । उहाँ आज अपराह्न प्रचण्ड भेट्न खुमलटार पुग्नुभएको हो ।
आजै गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्नुभएको थियो । उहाँ ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुग्नुभएको थियो ।
बालकोटमा ओलीसँग वार्ता लगत्तै उनी प्रचण्डलाई भेट्न पग्नुभएको हो । गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आउनुभएको छ ।
आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसक्नुभएको छ । शोही घोषणाअनुसार गौतमले दौडधूप बढाउनुभएको हो ।