Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

  • बिहिवार, आषाढ १६ २०७९

  • 763
    SHARES

  • बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
    काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट पारित भएको छ । बागमती प्रदेशसभाको बिहीबार (आज) बसेको बैठकमा सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरिएको हो ।
     
    बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९-०८० को लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ बजेटको ल्याएको छ ।
     
    सरकारको आगामी आर्थिक वर्षको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालु तर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
     


    बिहिवार, आषाढ १६ २०७९०४:२७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij