Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

धान दिवस : कर्णालीमा आज सार्वजनिक बिदा

धान दिवस : कर्णालीमा आज सार्वजनिक बिदा

  • बुधवार, आषाढ १५ २०७९

  • 821
    SHARES

  • धान दिवस : कर्णालीमा आज सार्वजनिक बिदा

    काठमाडौं । कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

    सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ।

    प्रदेश सरकारको गत चैत २९ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिदा दिइएको कानून मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिनुभयो ।


    बुधवार, आषाढ १५ २०७९०६:५९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij