Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पुर्वमन्त्री झाँक्रीले निवास नछाडेपछि मेटमणिलाई पार्किङको समस्या

पुर्वमन्त्री झाँक्रीले निवास नछाडेपछि मेटमणिलाई पार्किङको समस्या

  • मंगलवार, आषाढ १४ २०७९

  • 1.7K
    SHARES

  • पुर्वमन्त्री झाँक्रीले निवास नछाडेपछि मेटमणिलाई पार्किङको समस्या

    काठमाडौं । सहरी विकासमन्त्रीको जिम्मेवारीबाट बिदा भएकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एक सातापछि मात्रै मन्त्री निवास छाड्ने बताउनुभएको छ । सामान्यतयाः मन्त्री पद गएपछि लगत्तै निवास छाड्ने प्रचलन रहेपनि झाँक्रीले भने हप्ता दिनपछि मात्रै मन्त्री निवास छोडेर आफ्नो घर बानेश्वर जाने बताउनुभएको हो ।

    एकीकृत समाजवादीबाट राजीनामा दिएका अरु सबै मन्त्रीले मन्त्री निवास छोडेपनि झाँक्रीले नछोडेको भन्दै पार्टीभित्रै आलोचना भएको एक नेताले बताएका छन् । ‘पार्टीले राजीनामा माग्ने वित्तिकै झाँक्री लगायत सबै मन्त्रीले अटेर गर्नुभयो । कहिले बालुवाटार कहिले खुमलटार पुगेर मन्त्री पद जोगाइ दिनपर्‍यो भनेर गुहार माग्नुभयो’ ती नेताले भने, ‘अहिले सबै मन्त्रीले राजीनामा दिएर मन्त्री निवास छोडे। झाँक्री कमरेडलाई हप्ता दिन लाग्ने भयो । सरकारी गाडी पनि प्रयोग गरिराख्नु भएको छ ।’

    झाँक्रीले मन्त्रीबाट राजीनामा दिएपछि नयाँ मन्त्रीमा मेटमणि चौधरीले जिम्मेवारी सम्हाल्नुएको छ । बुद्धनगर बस्दै आएका चौधरीको डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि मंगलबार राति मन्त्री निवास पुल्चोकमा पार्किङ गरेर पुनः डेरा फर्किनुभउको थियो । चौधरी मन्त्री भएपनि डेरामा गाडी पार्किङको व्यवस्था नभएपछि समस्यामा पर्नुभएको छ ।

     


    मंगलवार, आषाढ १४ २०७९०१:५८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij