Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

फतुवा विजयपुरका मेयरसहित २१ जना जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

फतुवा विजयपुरका मेयरसहित २१ जना जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

  • आइतवार, आषाढ १२ २०७९

  • 657
    SHARES

  • फतुवा विजयपुरका मेयरसहित २१ जना जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर गोपालराय यादवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले आज काठमाडौं विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । 
     
    साबिक तथा हालका समेत नगरप्रमुख यादवसहित साबिककी उपप्रमुख कान्तिदेवी, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष संजयप्रसाद, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भविछन राय, ३ का वडाध्यक्ष दीपनारायण साह, ५ का तत्कालीन वडाध्यक्ष हिराराय यादव र हालका वडाध्यक्ष सेख एजाद अहमदविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
    त्यसै गरी वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिका सदस्य उमाशंकर साह कलवार, वडा नम्बर ९ का तत्कालीन वडाध्यक्ष दीपनारायण चौधरीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
     
    वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष योगेन्द्रप्रसाद चौधरी, तत्कालीन नगर कार्यपालिकाका सदस्य लक्ष्मण साह कानु, सुन्दरी माझी, हाल वडा नम्बर ७ का सदस्य जिरनी देवी, तत्कालीन सदस्य फूलकुमारी देवी, सञ्जुदेवी जयसवाल, शशीकुमार साह, रवीन्द्रकुमार निधिविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । 
     
    अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार २०७५ पुस १५ गते लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको अनियमितताविरुद्ध मुद्दा दर्ता गरिएको हो । 
     
    ठेक्काको निर्णय कार्यान्वयन नगराई २०७५ फागुन १७ गतेको कार्यपालिकाको बैठकबाट धरौटी फिर्ता गर्ने निर्णय गरी एक करोड ५३ लाख ५० हजार १९९ रूपैयाँ भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ । 
     


    आइतवार, आषाढ १२ २०७९०५:३०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij