Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थरुहट थारुवान् राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु रेशम चौधरीको पार्टीमा प्रवेश

थरुहट थारुवान् राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु रेशम चौधरीको पार्टीमा प्रवेश

  • आइतवार, आषाढ १२ २०७९

  • 807
    SHARES

  • थरुहट थारुवान् राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु रेशम चौधरीको पार्टीमा प्रवेश
    काठमाडौं । थरुहट थारुवान् राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीको अगुवाइमा खुलेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनी उक्त पार्टीमा प्रवेश गरेका हुन् ।
     
    राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थारुसहित थरुहट थारुवान् राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी सो पार्टीमा प्रवेश गरेका हुन् । 
     
    यसरी पार्टी प्रवेश गर्नेहरूमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, वासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, शकुन्तला विक, भरत विकलगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गरेका छन् । 
     
    पत्रकार सम्मेलनमा लक्ष्मण थारुले कुनै अपराध नगरी आफूमाथि पनि सरकारले जन्मकैदको फैसला सुनाएको टिप्पणी गरे । उनले रेशम चौधरी निर्दोष भएको दाबी गरे ।  उनले टिकापुर घटनामा थारुहरूले बच्चा र प्रहरी मारेको प्रमाण नभएको भन्दै वास्तविक दोषीलाई जोगाएर निर्दोष रेशम चौधरीलाई फसाएको बताएका छन् । उनले रेशमसँगै जेलमा रहेका सात जना आन्दोलनकारी भएपनि हत्यारा नभएको दाबी गरेका छन् । 
     
    आफू बदलाको भावको रुपमा नभई न्याय, समानता र अधिकारका लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको उनले बताए ।  थारुले न्याय माग्दै जाँदा नागरिक उन्मुक्ति पार्टीमा निःशर्त प्रवेश गरेको र कुनै पनि जिम्मेवारी दाबी नगरेको समेत स्पष्ट पारे । उनले थरुहट र मधेस जस्ता विभिन्न आन्दोलनलाई बचाउने हो भने सबैले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुपर्ने धारणा राखेका छन् । 
     


    आइतवार, आषाढ १२ २०७९०४:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij