Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एमाले गर्‍यो बागमती प्रदेशसभा बैठक अवरुद्ध

एमाले गर्‍यो बागमती प्रदेशसभा बैठक अवरुद्ध

  • आइतवार, आषाढ १२ २०७९

  • 786
    SHARES

  • एमाले गर्‍यो बागमती प्रदेशसभा बैठक अवरुद्ध
    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट विभेदकारी रहेको र न्यायोचित रुपमा जिल्लाहरूलाई नसमेटिएको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
     
    सभामुख सानुकुमार श्रेष्ठले आर्थिक मामिला मन्त्री सालिकराम जमरकट्टेललाई आर्थिक विनियोजन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव राख्न अनुमति दिएसँगै एमाले सांसदहरू आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन् ।
     
    एमालेको प्रदेश संसदीय दलको बैठकले नै बजेटको विभेदकारी नीतिविरुद्ध प्रदेशसभा अवरुद्ध गर्ने निर्णय गरेको हो ।
     
    बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई प्राथमिकता दिई अन्य जिल्लालाई उपेक्षा गरिएको एमालेको आरोप छ ।
     


    आइतवार, आषाढ १२ २०७९०३:१२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij