Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इन्धनको मूल्य घटाउन सरकारको निर्देशन, आजै रातीबाट लागू हुने 

इन्धनको मूल्य घटाउन सरकारको निर्देशन, आजै रातीबाट लागू हुने 

  • शनिवार, आषाढ ११ २०७९

  • 703
    SHARES

  • इन्धनको मूल्य घटाउन सरकारको निर्देशन, आजै रातीबाट लागू हुने 

    काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउन नेपाल आयल निगमलाई निर्देशन गरेसँगै केही मात्रामा मूल्य समायोजन भएको छ । इन्धनको मूल्यमा अचाक्ली वृद्धि भएसँगै जनताको दैनिकीमा असहजस्थिति सिर्जना हुन थालेपछि सरकार सम्बद्ध भातृ संघसंगठन, प्रतिपक्षी दल र नागरिकको चौतर्फी दबाबपछि मूल्य समायोजन भएको हो । 

    इन्धनको मूल्य वृद्धि भएपछि दैनिक उपभोग्य सामाग्रीहरुको मूल्यपनि आकासिएको छ भने कालोबजारी बढेको छ । आयल निगमले भारतले पठाएको मूल्यसूचीका आधारमा मूल्यवृद्धि हुने गरेको बताएपनि आज भने केही समायोजन गरेको छ । निरन्तरको दबाब र जनआक्रोशको डरले आज इन्धनको मूल्यमा समायोजन भएको हो । 

    आज बिहान बसेको सत्ता गठबन्धन दलले सरकारलाई मूल्य घटाउन निर्देशन दिएको थियो । उक्त निर्देशनसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गर्दै पेट्रोल प्रतिलिटर २० र डिजेल प्रतिलिटर २९ रुपैयाँले घटाउने जानकारी दिनुभएको थियो । 

    उद्योगमन्त्री बडूको उक्त घोषणासँगै निगमले विज्ञप्ति निकाल्दै मूल्य समायोजन गरेको जानकारी दिएको हो । यससँगै, पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ कायम भएको छ । आयल निगमले घटाएको इन्धनको मूल्यसूची आजरातिबाट लागू हुने मन्त्री बडुले जानकारी दिनुभयो । 

    यता, उपभोक्तावादी नेता ज्योती बानियाँले दैनिक मूल्यवृद्धिको मारमा जनता भएपनि सरकार मुखदर्शक बनेको आरोप लगाउनुभएको छ । पेट्रोल पम्महरुले मूल्यवृद्धि भएको बेला तेल अभाव देखाउने र बढेको बेला छ्याप्छ्याप्ती बेच्ने गरेको बाँनियाको आरोप छ । 

    यता, नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले सरकारले पेट्रोल डिजेलमा प्रतिलिटर २० रुपैयाँ करको छुट गरेकोले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको बताउँदै भोलि कर बढेमा घाटा कायम रहने बताउनुभयो ।

    अहिले श्रीलंका आर्थिक टाँट पल्टिएको छ । त्यहाँका पेट्रोल पम्पहरुमा अहिले गाडीको लाइन देखिन्छ । जनताका आधारभूत आवश्यकता पूरा गर्न धौधौ भएको अवस्थामा श्रीलंकामा राजनीतिक नेताहरुप्रति त्यहाँका जनता निकै आक्रोशित बन्दै गएका छन् । 

    नेपालको हकमा पनि अत्याधिक मूल्यवृद्धि गराएर जनतालाई सरकार नभएको अनुभूति गराउने पछिल्लो अवस्थाले स्थिति जर्जर बन्नेमा शंका छैन ।। 


    शनिवार, आषाढ ११ २०७९०७:५८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij