काठमाडौं । संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्।
शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसहित १० जना सांसदले पार्टी कार्यालयमा हस्ताक्षर पत्र बुझाएका थिए।
मन्त्री आलेसहित ६ सांसदले हस्ताक्षर पत्र फिर्ता लिएको केन्द्रीय सदस्य सोमनाथ पाण्डेले जानकारी दिनुभयो ।
हस्ताक्षर पत्र बुझाउने ६ सांसदले भने फिर्ता लिएका छन्। हस्ताक्षर फिर्ता लिनेमा सांसदहरू कृष्णलाल महर्जन, प्रेम आले, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बिनादेवी बुढाथोकी, गोपालबहादुर बम छन्।
‘अरूलाई पनि फिर्ता गराउने प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, ‘६ जनाले केहीबेरमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ।’
उनीहरूले ८ बुँदा माग राख्दै संसदीय दल बैठक बोलाउन माग गरेका थिए।