Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना पुरा होला त ? 

फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना पुरा होला त ? 

  • शुक्रवार, आषाढ १० २०७९

  • 631
    SHARES

  • फेरि एकपटक प्रधानमन्त्री हुने प्रचण्डको चाहना पुरा होला त ? 
    काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि एकपटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ ।
     
    पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसङ्ग उल्लेख गर्दै फेरि एकपटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताउनुभयो ।
     
    नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यो परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मम प्रहार गर्दै अघि बढने बताउनुभयो । 
     
    ‘तपाईँहरूले भनेको कुरा तपाईँहरूको आर्शिवाद हो भने अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरूमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना त मेरो मनभित्र छ । किनकि मेरै नेतृत्वमा हजारौँ नेपालीहरूको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण सङ्घलाई धन्यवाद भन्न चाहन्छु’, प्रचण्डको भनाइ छ ।
     
    अध्यक्ष प्रचण्डले पहिलो पटक प्रधानमन्त्री सपना हो कि बिपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दाबी समेत गर्नुभयो ।  
     
    उहाँले त्यस बेला देशको राष्ट्रिय एकतानै के हुने हो भन्ने बेलामा मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनतिर देश लैजाने कुरा सानो कुरा नभएको बताउनुभयो  ।
     
    उनले वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्व पनि दिने, विकास पनि दिने, सामाजिक न्याय पनि दिने भन्ने सपना सफल नभएको बताउनुभयो । मुलुकमा देखिएको आर्थिक सङ्कटलाई टार्नका लागि पर्यटक क्षेत्र एक मात्रै भरपर्दो माध्यम भएको भन्दै प्रचण्डले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 
     


    शुक्रवार, आषाढ १० २०७९०७:१७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij