Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू  गरौं : निलकण्ठ उप्रेती

आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू  गरौं : निलकण्ठ उप्रेती

  • शुक्रवार, आषाढ १० २०७९

  • 565
    SHARES

  • आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू  गरौं : निलकण्ठ उप्रेती
    काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दलहरूले सबै पदमा उम्मेदवारी दिँदा आधा महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने बताउनुभएको छ ।  
     
    महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा उहाँले संविधानको धारा ३८ अनुसार समानुपातिक समावेशी अनुसार कानुन नबनाएकोमा पनि प्रश्न उठाउनुभएको छ । 
     
    समावेशी कानुन नबनेकोले ०७० र ०७४ को चुनावमा  महिला उम्मेदवारको सङ्ख्यामा खासै फरक नपरेको  उहाँको भनाइ थियो । महिला उम्मेदवार कम हुनुमा निर्वाचन प्रणाली, दलहरू या हाम्रो परम्परा के दोषी हो ? पत्ता लगाउनुपर्ने उहाँले बताउनुभयो । 
     
    बैठकमा स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारीको अवस्था, संविधान एवं कानूनको मर्म र अबको बाटोका विषयमा छलफल भइरहेको छ । 


    शुक्रवार, आषाढ १० २०७९०२:१२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij