Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चीनको टिप्पणी : नेपालले एसपीपी अस्वीकार गर्नु प्रशंसनीय

चीनको टिप्पणी : नेपालले एसपीपी अस्वीकार गर्नु प्रशंसनीय

  • बिहिवार, आषाढ ९ २०७९

  • 1.3K
    SHARES

  • चीनको टिप्पणी : नेपालले एसपीपी अस्वीकार गर्नु प्रशंसनीय
    काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ ।
     
    चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपालको एसपीपीमा नरहने निर्णयको प्रशंसा गरेका हुन् ।
     
    ‘रणनीतिक सहकार्यको साझेदार तथा नजिकको छिमेकी मित्रका हिसाबले चीन नेपाल सरकारको निर्णयको प्रशंसा गर्छ,’ प्रवक्ता वेनबीनले भनेका छन्, ‘नेपालको स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र तटस्थ तथा असंलग्न परराष्ट्र नीतिमा अडिग रहने कुराका चीन सधै समर्थन गर्नेछ । साथै क्षेत्रीय सुरक्षा, स्थायित्व र समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्नसमेत तत्पर छ ।’
     
    पत्रकार सम्मेलनमा सञ्चारकर्मीले नेपालले एसपीपी अस्वीकार गरेको विषयमा प्रश्न गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले ‘एसपीजीको विषयमा नेपाल भएको विवादका विषय जानकारीमा रहेको’ बताएका थिए ।


    बिहिवार, आषाढ ९ २०७९०८:४१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij