Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मन्त्री हेरफेरको निर्णय कार्यान्वयमा जोड दिने एकीकृत समाजवादीको निष्कर्ष

मन्त्री हेरफेरको निर्णय कार्यान्वयमा जोड दिने एकीकृत समाजवादीको निष्कर्ष

  • बिहिवार, आषाढ ९ २०७९

  • 722
    SHARES

  • मन्त्री हेरफेरको निर्णय कार्यान्वयमा जोड दिने एकीकृत समाजवादीको निष्कर्ष

    काठमाडौं । एकीकृत समाजवादी पार्टीले सचिवालयको निर्णयअनुसार मन्त्री हेरफेर हुने बताएको छ ।

    बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो ।

    बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भन्नुभयो, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ ।’

    उहाँका अनुसार भोलि शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने ११ गते केन्द्रीय कमिटी र १३-१४ केन्द्रीय परिषद्को बैठक बस्नेछ । बैठकमा स्थानीय चुनावको समीक्षा, सरकारको समीक्षा, गठबन्धन र आगामी चुनावबारे छलफल हुनेछ ।


    बिहिवार, आषाढ ९ २०७९०२:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij