Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अर्थतन्त्रले घुँडा टेक्यो, देश टाट पल्टियो : श्रीलंकाली प्रधानमन्त्री

अर्थतन्त्रले घुँडा टेक्यो, देश टाट पल्टियो : श्रीलंकाली प्रधानमन्त्री

  • बिहिवार, आषाढ ९ २०७९

  • 878
    SHARES

  • अर्थतन्त्रले घुँडा टेक्यो, देश टाट पल्टियो : श्रीलंकाली प्रधानमन्त्री

    एजेन्सी । श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो ।

    विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताउनुभएको छ ।

    श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताउनुभएको छ ।

    त्यहाँको संसदलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले समस्या यो भन्दा चर्कियो भने के हुन्छ भन्न नसकिने पनि बताउनुभयो ।


    बिहिवार, आषाढ ९ २०७९११:१५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij