Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको आह्वान

अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको आह्वान

  • बिहिवार, आषाढ ९ २०७९

  • 564
    SHARES

  • अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको आह्वान

    काठमाडौं । बुधबार बिहान गएको शक्तिशाली भूकम्पबाट क्षतविक्षत भएको अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

    भूकम्पबाट अहिलेसम्म एक हजार जनाको मृत्यु भए पनि भूकम्पले भत्काएका संरचनाभित्र कति मानिस पुरिएका छन् भन्ने यकिन हुन सकेको छैन । घाइतेहरूको उपचार र घरबास विहिनहरूलाई सुरक्षित स्थानमा राख्ने काम नै चुनौतीपूर्ण भएकाले भत्किएका संरचनामा पुरिएकाहरूको खोजी गर्नै कठिन भएको त्यहाँको तालिबान सरकारले बताएको छ ।

    उद्धार, पुनस्थापना र खोजीका लागि आवश्यक स्रोतका लागि तालिवान सरकारले गुहार मागेको हो । संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू, छिमेकी देशहरू र केही दाता राष्ट्रहरूले तत्काल मानवीय सहयोग गरेको भए पनि कमजोर आर्थिक अवस्थाबाट गुज्रिएको अफगानिस्तान सरकार पीडितहरूका आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्थानमा नरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

    भूकम्पपछि भईरहेको ठूलो वर्षाले पनि उद्धार र खोजीमा व्यवधान पुर्याएको छ । दक्षिण पूर्वी पक्तिका प्रान्त भूकम्पबाट सबैभन्दा बढी क्षत विक्षत भएको छ । दुर्गममा रहेका गाउँहरू पूरै ध्वस्त भएको राष्ट्रसंघीय एजेन्सीहरूले बताएका छन् । अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर ६ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको थियो ।


    बिहिवार, आषाढ ९ २०७९०९:१६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij