काठमाडौं । पोखरा महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार(आज) पोखरा सभागृहमा बसेको ११ औं नगर सभामा मेयर धनराज आचार्यले सो कार्यक्रम सार्वजनिक गरेका हुन् । छ महिनाभित्र ३ हजार जनालाई रोजगारी दिलाउने घोषणा सहित १२ कक्षासम्मको अध्ययन सकेर बसेका विद्यार्थीलाई लक्षित गरी आचार्यले सो घोषणा गरेका हुन् ।
आफ्नो नीति तथा कार्यक्रममा मेयर आचार्यले ‘समुन्नत पर्यटकीय पोखरा’ भन्ने नारालाई विकासको प्रस्थान बिन्दु बनाएका छन् । जस अन्तरगत दिगो, पर्यावरणमैत्री, योजनाबद्ध र हरित सहरी विकास, उत्थानशील पर्यटकीय पूर्वाधार विकास लगायतका बुँदाहरू समेटिएका छन् ।
यसैगरी महानगरले ‘कृषि उत्पादनमा वृद्धि, महानगरको संवृद्धि’ को अवधारणा पनि आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ । जसका लागि बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म भन्ने अभियान सञ्चालन गरिनेछ । मेयर आचार्यले आगामी दुई वर्षभित्र महानगरमा पोलका तारलाई भूमिगत बनाइने घोषणा गरे ।
यस्तो छ नीति तथा कार्यक्रम: