Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु 

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु 

  • बुधवार, आषाढ ८ २०७९

  • 440
    SHARES

  • अफगानिस्तानमा शक्तिशाली भूकम्प, २५० जनाको मृत्यु 
    एजेन्सी । अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठुलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ ।
     
    यस प्रदेशमा ठुलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । यहाँबाट आएको तस्बिरमा घाइतेहरूलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ । एक स्थानीय अधिकारीले बीबीसीलाई मृतकको संख्या अझै २५० रहेको तर यो संख्या अझै बढ्न सक्ने बताएको छ ।
     
    घाइतेको संख्या १५० भन्दा बढी रहेको उनले बताए । जानकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो । अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको छ । जानकारीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामवादसम्म महसुस गरिएको थियो ।


    बुधवार, आषाढ ८ २०७९१२:२८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij