Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दोर्दी खोला जलविद्युतको आईपीओ आज बाँडफाँड गरिने

दोर्दी खोला जलविद्युतको आईपीओ आज बाँडफाँड गरिने

  • बुधवार, आषाढ ८ २०७९

  • 507
    SHARES

  • दोर्दी खोला जलविद्युतको आईपीओ आज बाँडफाँड गरिने

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।

    कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने भएको हो।

    कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो।

    कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म एक सय रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको थियो।

     


    बुधवार, आषाढ ८ २०७९०७:५४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij