Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको पद के ? पार्टी दर्ताका लागि दिए आयोगमा निवेदन !

राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको पद के ? पार्टी दर्ताका लागि दिए आयोगमा निवेदन !

  • मंगलवार, आषाढ ७ २०७९

  • 900
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको पद के ? पार्टी दर्ताका लागि दिए आयोगमा निवेदन !
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाउनुभएको छ ।
     
    दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुग्नुभएका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताउनुभएको छ । उहाँले दल दर्तापछि मात्रै अन्य सदस्यहरूको नाम खुलासा गर्ने बताउनुभएको छ । 
     
    यसैबीच राष्ट्रियसभा गृहमा पार्टीको नाम घोषणा गरेर निर्वाचन आयोग पुग्नुभएका लामिछानेले दल दर्ताका लागि निवेदन दर्ता गराउनुभएको छ । आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो दलको सिद्धान्त संवैधानिक समाजवाद रहेको बताउनुभयो । उहाँले अन्य दलभन्दा आफ्नो दललाई पृथक बनाउने र सिद्धान्तबारेमा थप छलफल हुन बाँकी रहेको बताउनुभयो ।   
     
    चुनाव चिन्ह घण्टीको बारेमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा यसको सिम्बोल आध्यात्मिक मात्र नभई सचेतनाको प्रतीक रहेको बताउनुभयो । बेथिति विरुद्धको जनाउ घण्टी रहेको उहाँको भनाई छ । लामिछानेले आफ्नो लागि निर्वाचन क्षेत्र निश्चित गरि नसकेको बताउँदै देशभरी भ्रमण गरेर आवश्यक सल्लाह सुझावका आधारमा पछि निर्णय गर्ने बताउनुभयो ।  
     
    उहाँले आगामी चुनावमा स्वतन्त्र उम्मेदवार हुन खोज्नेहरूका लागि आफ्नो पार्टी राम्रो प्लेटफर्म रहेको बताउनुभयो । 


    मंगलवार, आषाढ ७ २०७९०७:२७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij