Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नक्कली लाइसेन्स बनाएको आरोपमा १२ कर्मचारी र ५ जना बिचौलियाविरुद्ध मुद्दा

नक्कली लाइसेन्स बनाएको आरोपमा १२ कर्मचारी र ५ जना बिचौलियाविरुद्ध मुद्दा

  • मंगलवार, आषाढ ७ २०७९

  • 608
    SHARES

  • नक्कली लाइसेन्स बनाएको आरोपमा १२ कर्मचारी र ५ जना बिचौलियाविरुद्ध मुद्दा
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
     
    विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना बिचौलिया रहेको अख्तियारले जनाएको छ ।
     
    उनीहरूले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैर कानुनी रुपमा नवीकरणको बाटोबाट सच्याएर ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ ।
     
    तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाँचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाँल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा) रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा) रोशन राज भण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा) लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठउपर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ बमोजिम २ वर्षसम्म कैद र ५० हजार जरिवानाको सजाय माग दाबी गरेको अख्तियारले जनाएको छ ।
     
    यस्तै, ५ जना बिचौलियाहरूलाई मतियारको रुपमा प्रस्तुत गरेर भ्रष्टाचार निवारण ऐनको दफा ११ को कसुरमा दफा २२ बमोजिमको सजाय माग दाबी गरिएको छ। 
     
    यस्तै हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धव बहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यउपर पनि मुद्दा दायर भएको छ । उनीहरू बिचौलिया रहेको अख्तियारको दाबी छ ।
     


    मंगलवार, आषाढ ७ २०७९०४:१८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij