Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा हरियाली, १ अर्ब २३ करोडको कारोबार

शेयर बजारमा हरियाली, १ अर्ब २३ करोडको कारोबार

  • मंगलवार, आषाढ ७ २०७९

  • 796
    SHARES

  • शेयर बजारमा हरियाली, १ अर्ब २३ करोडको कारोबार
    काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा मंगलबार(आज)  ३७ अंकमाथिको सुधार भएको छ । अघिल्लो दिन ५० अंकमाथिले घटेर १८ सयको रेञ्जमा झरिसकेको नेप्सेमा आज ३७.४९ अंकको वृद्धि हुँदै १९२२.३० अंकमा उक्लिएको हो । 
     
    यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.१८ अंकले बढ्दै ३७४.३७ अंकमा पुगेको नेप्सेले जनाएको छ । 
     
    आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी विकास बैंक समूहको ३.८९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.२९ प्रतिशतले र म्युचुअल फन्ड ३.०९ प्रतिशतले बढेको छ । 
     
    यस्तै, ट्रेडिङ समूहको उपसूचक २.९९ प्रतिशतले, हाइड्रोपावर समूह २.७७ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.३४ प्रतिशतले, माइक्रो फाइनान्स समूह २.१७ प्रतिशतले, जीवन बिमा समूह २.२९ प्रतिशतले र होटेल तथा पर्यटन समूह २.२२ प्रतिशतले बढेको छ ।
     
    अन्य उपसूचकहरू २ प्रतिशत भन्दा कमले बढेका छन् । ३७ अंकमाथिले बढेको बजारमा आज कारोबार भने १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ बराबरको भएको छ ।
     


    मंगलवार, आषाढ ७ २०७९०४:०४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij