Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘ट्रम्पले अमेरिकामा अन्धकार ल्याए’ : डेमोक्र्याटिक उमेदवार बिडेन

‘ट्रम्पले अमेरिकामा अन्धकार ल्याए’ : डेमोक्र्याटिक उमेदवार बिडेन

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.4K
    SHARES

  • ‘ट्रम्पले अमेरिकामा अन्धकार ल्याए’ : डेमोक्र्याटिक उमेदवार बिडेन


    अमेरिकाको राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट औपचारिक रुपमा उम्मेदवारी पाएका जो बिडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अन्धकार ल्याएको आरोप लगाएका छन् ।

    डेमोक्र्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनको चौथो दिन शुक्रबार आफ्नो सम्बोधनका क्रममा बिइडेनले अबको चुनाव अन्धकार अन्त्यका लागि गरिने बताएका हुन् ।

    पूर्वउपराष्ट्रपतिसमेत रहेका बिडेनले राष्ट्रपति ट्रम्पले अमेरिकामा अति धेरै आक्रोश, त्रास र विभाजन निम्त्याएको बताए ।

    नोभेम्बर ३ मा हुने चुनावमा बिडेनले ७४ वर्षका रिपब्लिकन राष्ट्रपति ट्रम्पको सामना गर्ने छन् । पछिल्लो झण्डै चार वर्षमा अमेरिकाले इतिहासमा सबैभन्दा खराब समय र अन्धकारको सामना गरेको बताउँदै बिडेनले आफू अध्यारोको नभइ उज्यालोको सारथी रहेको बताएका छन् ।

     


    शुक्रवार, भाद्र ५ २०७७०६:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij