काठमाडौं । कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो निर्वाचित भएका छन्। स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेज दोस्रो चरणको निर्वाचनमा कम मत अन्तरमा पराजित भएका राज्य सञ्चालित राष्ट्रिय नागरिक रजिस्ट्रीले जनाकारी गराएको छ।
कोलम्बिया गठबन्धनका लागि वामपन्थी ऐतिहासिक सम्झौताका उम्मेदवार पेट्रोले १ करोड १२ लाख ८० हजार ६९४ मत (५०.४४) प्रतिशत प्राप्त गरेका छन्। यस्तै हर्नान्डेजले १ करोड ५ लाख ७९ हजार ८०३ मत जुन (४७.३१) प्रतिशत प्राप्त गरेका छन्।
६२ वर्षीय पेट्रो राजधानी बेगोटाका सिनेटर र पूर्व मेयर हुन्। उनले अगस्ट ७ गते राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन्।
निर्वाचन अधिकारीहरूले यसअघि मतदानको दिनमा मतदान प्रक्रिया सामान्य रूपमा अघि बढेको बताएका थिए तर पछि एक सैनिक र एक चुनावी साक्षीको मृत्यु भएको खबर आएको थियो।
रक्षा मन्त्री डिएगो मोलानोले कोलम्बियाको क्रान्तिकारी सशस्त्र बलको आक्रमणमा एक सैनिकको मृत्यु भएको बताएका छन्।