Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

हत्या आरोपीलाई भेट्न जेल गएका डिएसपी केसीलाई विभागीय कारबाही सिफारिस

हत्या आरोपीलाई भेट्न जेल गएका डिएसपी केसीलाई विभागीय कारबाही सिफारिस

  • सोमवार, आषाढ ६ २०७९

  • 1.7K
    SHARES

  • हत्या आरोपीलाई भेट्न जेल गएका डिएसपी केसीलाई विभागीय कारबाही सिफारिस
    काठमाडौं । प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसीले केन्द्रीय कारागार सुनधारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेटेको घटनाको छानबिन सकिएको छ।
     
    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको हो। 
     
    छानबिन समितिले डिएसपी केसीलाई प्रहरी नियमावली अनुसार कारबाही गर्न सिफारिस गरेको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिनुभयो । उनलाई विभागीय कारबाहीको सिफारिस भएको हो। 
     
    छानबिन समितिले डिएसपी केसीको कारागारमा गलत मनसायले नपुगेको देखाएको छ। तर उनले पदीय दुरुपयोग गरेको ठहर गरेको छ। डिएसपी केसी आफैँले नै बस्नेतलाई नभेटेको पनि प्रतिवेदनमा उल्लेख छ। 
     
    ‘आफैँले नभेटे पनि आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई भेटाउन मान्छे लिएर जानु, आफ्नो क्षेत्राधिकार छाडेर जाँदा आफूभन्दा माथिल्लो निकायमा जानकारी गराउनुपर्छ,’ एसएसपी गिरीले भन्नुभयो, ‘यो कामले जाँदै छु भनेर जानकारी गराएको पनि देखिएन।’
     
    आपराधिक पृष्ठभूमिका मानिसलाई अनुसन्धानको सिलसिलामा भने भेट्न पाइने उहाँ बताउनुहुन्छ । त्यसबाहेक त्यसरी कारागार गएर भेट्ने गतिविधि व्यावसायिक नदेखिएको उहाँले बताउनुभयो । डिएसपी केसीले यस विषयलाई हल्का रूपमा लिएर कारागार पुगेको अनुसन्धान समितिको ठहर छ।
     
    प्रतिवेदनअनुसार उनलाई कारबाही गर्ने प्रक्रिया पनि अघि बढिसकेको एसएसपी गिरीले बताउनुभयो ।  
     
    समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन्। उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ गते आइतबार सुनधारास्थित कारागार पुगेका थिए।
     
    एक जना व्यक्तिलाई लिएर डिएसपी केसी उनलाई भेट्न गएको भन्ने कुरा बाहिरिएको थियो। 
     
    त्यसपछि अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो भने अनुसन्धानको लागि उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय रानीपोखरी तानिएको थियो। 
     
    अहिले उनको सट्टामा प्रहरी वृत्त स्वयम्भूमा कसैलाई पठाइएको छैन। 


    सोमवार, आषाढ ६ २०७९०२:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij