Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संसदीय समितिलाई देउवाको जवाफ : औपचारिक तय भएपछि मात्र भ्रमणबारे जानकारी हुन्छ !

संसदीय समितिलाई देउवाको जवाफ : औपचारिक तय भएपछि मात्र भ्रमणबारे जानकारी हुन्छ !

  • आइतवार, आषाढ ५ २०७९

  • 776
    SHARES

  • संसदीय समितिलाई देउवाको जवाफ : औपचारिक तय भएपछि मात्र भ्रमणबारे जानकारी हुन्छ !
    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरुपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ । नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालसँगको भेटका क्रममा उहाँले भ्रमण तय भएपछि मात्र संसद्लाई जानकारी गराउने बताउनुभएको हो । 
     
    छलफलमा प्रधानमन्त्री देउवाले सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने इच्छा व्यक्त समेत गर्नुभयो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेकी सचेतक भुसालले आज उहाँसँग भेट गर्नुभएको थियो । 
     
    समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा।नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पार्नुभएको थियो । समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो । प्रधानमन्त्री देउवा आफ्नो कार्य व्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको बताइएको छ ।
     
    बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षामन्त्रीलाई आगामी बैठकमा पुनः आमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल) ले जानकारी दिनुभयो । साथै बैठकले समितिको प्रतिवेदन, २०७९ आवश्यक परिमार्जन समिति पारित गरेको छ । 
     
    बैठकमा बोल्ने अधिकांश समिति सदस्यले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सन् २०१९ पछि अमेरिकाकै ‘इण्डो प्यासिफिक रणनीति’ मा आबद्ध भएको प्रतिवेदनमा उल्लेख भएपछि नेपाल त्यसबाट फिर्ता हुन नेपाल सरकारले पत्र लेख्नुपर्ने सुझाव दिएका थिए ।


    आइतवार, आषाढ ५ २०७९०५:५९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij