काठमाडौं । श्रीलंकाकामा सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ।
इन्धनको अभावले मुलुकमा संकट आइरहेको हुँदा दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड–१९को महामारीले गर्दा दुई करोड २० लाख श्रीलंकाली आर्थिक संकटमा बस्न बाध्य छन्।
‘इन्धन आपूर्तिको सीमा, कमजोर सार्वजनिक यातायात प्रणाली र निजी सवारीसाधन चलाउन कठिन भएको हुँदा सोमबारबाट केही कर्मचारी मात्रै कार्यालयमा आएर काम गर्नू,’ गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ।
श्रीलंकाका अहिले पेट्रोल पम्पहरूमा लामा लाइनहरू छन्। इन्धन भर्न १० घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ।आउँदो केही महिनामा खाद्यान्नको अभाव हुन सक्ने भन्दै प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरेको छ।