Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोना महामारीबाट कसरी मुक्ति पाउने भनेर निरन्तर लागिपरेका छौंः वडाध्यक्ष केसी (भिडियोसहित)

कोरोना महामारीबाट कसरी मुक्ति पाउने भनेर निरन्तर लागिपरेका छौंः वडाध्यक्ष केसी (भिडियोसहित)

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.7K
    SHARES

  • कोरोना महामारीबाट कसरी मुक्ति पाउने भनेर निरन्तर लागिपरेका छौंः वडाध्यक्ष केसी (भिडियोसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध लड्न आफूहरु हरेक माध्यमबाट लागिपरेको बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कसँगको संक्षिप्त कुराकानीमा उहाँले जनचेतना जगाउन माईकिङ गर्ने, नागरिकलाई सचेत गराउनेलगायतका काम गरिरहेको बताउनुभयो ।

    उहाँले माथिको आदेश पालना गर्ने मात्र नभई वडा आफैले पनि विश्वप्यापी महामारी कोरोनाबाट कसरी मुक्ति पाउने भनेर निरन्तर लागिपरेको बताउनुभयो । साथै वडाभित्र रहेका कोरोना संक्रमितहरुको काउन्सिलिङमा आफूहरुले विशेष ध्यान दिएको वडाध्यक्ष केसीको भनाइ छ ।

    संक्रमितलाई निरन्तर फोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने, विरामीको अवस्था जटिल भए एम्बुलेन्समार्फत् तत्काल अस्पताल पुर्‍याउनेलगायतका काममा वडा लागिरहेको उहाँले बताउनुभयो ।

    वडाध्यक्ष केसीसँग गरिएको संक्षिप्त कुराकानी :


    शुक्रवार, भाद्र ५ २०७७०४:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij