Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रेम आलेविरुद्ध उजुरी, अडियो ल्याब परीक्षण गरी अनुसन्धान र कारबाही गर्न माग

प्रेम आलेविरुद्ध उजुरी, अडियो ल्याब परीक्षण गरी अनुसन्धान र कारबाही गर्न माग

  • आइतवार, आषाढ ५ २०७९

  • 442
    SHARES

  • प्रेम आलेविरुद्ध उजुरी, अडियो ल्याब परीक्षण गरी अनुसन्धान र कारबाही गर्न माग
    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधि सभा सदस्य प्रेम आलेको अभिव्यक्तिलाई लिएर संघीय संसद्को आचारण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ। 
     
    अधिवक्ता किशोर पौडेल, अधिवक्ता अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले आइतबार(आज) उजुरी गर्नुभएको हो।
     
    २०७८ फागुन ३ र २०७९ असार ३ गते विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक अडियोमा आलेले अश्लील शब्द प्रयोग गरेको र सो व्यवहार प्रतिनिधि सभा नियमावलीको विपरीत भएको निवेदनमा भनिएको छ।
     
    ‘सांसदको आचारसंहिताको विषयमा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधि सभा सदस्यहरूले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचार अनुकूलको व्यवहार गर्ने उल्लेख छ। यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधि सभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषयसमेत उल्लेख छ’, निवेदनमा भनिएको छ।
     
    नियमको बर्खिलाप हुने गरी आलेले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न नमिल्ने निवेदनमा उल्लेख छ। उनको सो व्यवहारले नेपालको भाषा र संस्कृतिमाथि ठुलो चोट मात्रै पुर्‍याएको छैन, सामाजिक सुव्यवस्थापन तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ निवेदनमा उल्लेख छ।
     
    निवेदनमा सभामुख, उपसभामुख, विपक्षी दलका नेता तथा संघीय संसद्का महासचिवलाई पनि बोधार्थ गरिएको छ।
     
    1.jpg2.jpg


    आइतवार, आषाढ ५ २०७९०१:४२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij