Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने निर्णय

एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने निर्णय

  • आइतवार, आषाढ ५ २०७९

  • 692
    SHARES

  • एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने निर्णय
    काठमाडौं । विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर यसबारे यथार्थ जानकारी गराउनुपर्ने बताउनुभएको थियो । 
     
    नेताहरूको सुझावमा प्रधान देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।  ‘स्टेट पार्टनरसिप प्रोग्रामबारे अहिले अन्योल छ । यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गरौँ र यथार्थ जनतामाझ ल्याऊ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौ’, अध्यक्ष नेपालले भन्नुभयो, ‘उहाँले हुन्छ भन्नुभएको छ ।’
     
    नेताहरूका अनुसार एक दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे छलफल गरेर वास्तविकता बाहिर ल्याइने छ । समाजवादीका अध्यक्ष नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, समाजवादीकै नेता झलनाथ खनाल लगायत, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता आइतबार प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुग्नुभएको छ । 
     
    एसपीपी सम्झौताको सत्तापक्ष र प्रतिपक्षले समेत विरोध गरिहेको छ । अमेरिकाले नेपालले एसपीपी नचाहाने हो भने पत्र लेखेर रद्द गर्न सक्ने जनाइसकेको छ । तर सरकारले पत्र लेखेर रद्द गर्नेतिर हालसम्म ठोस कदम चालेको छैन । कतिपय नेताहरूले सरकारलाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्न सुझाव दिएपनि सरकार त्यसतर्फ लागेको छैन । यसले गर्दा सत्ता गठबन्धनमै अविश्वासको वातावरण पैदा हुन थालेको नेताहरूको भनाइ छ । यद्यपि प्रधानमन्त्रीले देश हित विपरितका कुनै पनि सहमति सम्झौता नगर्ने बताउँदै आएका छन् । 
     
    आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा एसपीपीको अलवा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे समेत नेताहरुबीच सामान्य कुराकानी भएको छ । त्यस्तै नेकपा समाजवादीका मन्त्री परिवर्तनबारे समेत कुराकानी भएको बताइएको छ ।


    आइतवार, आषाढ ५ २०७९०१:३८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij