काठमाडौं । भारतमा एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । आइतबार बिहारको राजधानी पटनामा उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो । विमानमा १८५ यात्री सवार थिए ।
अधिकारीका अनुसार विमान स्पाइस जेटको थियो । पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए ।
मानिसहरुले तलबाट विमानको इन्जिनमा आगो लागिरहेको देखेको पनि बताइँदै छ ।