Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाढीपहिरोको जोखिम बढ्दो, विपद् व्यवस्थापनमा हरेक वर्ष लापरवाही

बाढीपहिरोको जोखिम बढ्दो, विपद् व्यवस्थापनमा हरेक वर्ष लापरवाही

  • शनिवार, आषाढ ४ २०७९

  • 1.1K
    SHARES

  • बाढीपहिरोको जोखिम बढ्दो, विपद् व्यवस्थापनमा हरेक वर्ष लापरवाही

    काठमाडौं । नेपालमा मनसुनका बेला बाढीपहिरोको प्रकोप विगत केही वर्षयता बढी देखिन थालेको छ । यस वर्षपनि मनसुन शुरु भइसकेकोले वर्षात् केही अगावै शुरु भएको छ । कतिपय स्थानमा प्रायः दिनहुँ वर्षात् हुन थालेको छ भने कतिपय स्थानमा चर्को घामले पोलेको छ ।

    मौसममा चाँडै बदली भएकोले यसवर्ष बाढीपहिरोको उच्च जोखिम रहेको देखिन्छ । मुलुको भौगोलिक बनावट हिमाल, पहाड, तराई समिश्रित भएकोले बाढी, पहिरो र हावाहुरीको जोखिम उत्तिकै छ । मौसमविद् बरुण पौडेलका अनुसार यसवर्ष मनसुन छिट्टै शुरु भएकोले भारी बर्षाको सम्भवान छ ।

    यस्ता विपद्जन्य जोखिम कम गर्न सरकारी तवरबाट भएका प्रयासहरु भने अपूर्ण छ । यसवर्ष मौसम शुरु भइसकेकोले विपद्लाई व्यवस्थापन गर्ने प्रतिकार्य योजना लागू भइसकेको उपसचिव एवम् राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।

    विपद्ले हरेकवर्ष जनधनको क्षति, विकासका पूर्वाधारमा क्षति पु¥याउँदै आएको छ । पछिल्लो समय डुबानका घटनाहरु घट्दै गएका छन् भने पहिरोको जोखिम बढ्दै गएको डा. भट्टराईको भनाइ छ ।

    गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार बाढीपहिरोका कारण विगत १० वर्षमा झन्डै २,००० जनाको मृत्यु भएको छ भने ७२,००० भन्दा बढी घरपरिवार प्रभावित भएका छन् । त्यस अवधिमा बाढीपहिरोकै कारण १८ अर्ब भन्दा बढीको क्षति भएको विवरण केन्द्रले राखेको छ । उक्त अवधिमा पहिरोका मात्र २,००८ घटना भएका छन् भने १,०५३ जनाको पहिरोका कारण निधन भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव एवम् वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ऋषिराज आचार्यका अनुसार सरकारले मनसुनलाई ध्यानमा राखेर विपद् व्यवस्थापनको तयारी शुरु गरेको छ । जोखिमयुक्त ससाना बस्तीहरुको स्थानान्तरण र विपद्पछिको उद्दार राहातको कार्यमा सरकार तयार रहेको उहाँको भनाइ छ ।

    विपद् बाजा बजाएर आउँदैन्, त्यसैले यसको तयारीका लागि सरकार सधैँ अलर्ट हुनुपर्ने देखिन्छ । अरुको भर पर्ने जब प¥यो राजी तब बुढी ताती भनेझैँ समस्यामा मात्रै हतारिने प्रवृत्तिले मुलुकले ठूलो क्षति व्यहोर्नु परेको छ ।


    शनिवार, आषाढ ४ २०७९०७:५५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij