Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

वायुसेवा निगमले दियो मिलेमतोमा ३३ करोडको ठेक्का

वायुसेवा निगमले दियो मिलेमतोमा ३३ करोडको ठेक्का

  • शुक्रवार, आषाढ ३ २०७९

  • 641
    SHARES

  • वायुसेवा निगमले दियो मिलेमतोमा ३३ करोडको ठेक्का
    काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रु व्यागेज र कार्गो ह्यान्डलिङको काम गर्ने कामदार आपूर्तिका लागि मिलेमतोमा ठेक्का आह्वान गरेको छ । एउटै प्रकृतिका काम दुई वटा कम्पनीलाई ‘सेटिङ’का आधारमा जिम्मा दिने गरी टेन्डर आह्वान भएको हो ।
     
    सकेसम्म अन्य कम्पनीलाई प्रतिस्पर्धामा आउनै नदिने र आए भने प्राविधिक मूल्यांकनमा फेल हुने गरी ठेक्का आह्वान भएको निगम स्रोतले बताएको छ । 
     
    सार्वजनिक खरिद ऐन र नियमावलीले प्रतिस्पर्धा खुम्च्याएर ठेक्का गर्न नपाइने व्यवस्था गरेको छ । तर, निगमले विमानस्थलमा करिब एक दशकदेखि काम गरिरहेका कम्पनीहरूलाई नै फेरि ठेक्का दिने बन्दोबस्त मिलाएर ठेक्का निकालेको हो ।
     
    वायुसेवा निगमको यात्रुसेवा विभागले गत २४ जेठमा ‘प्रति सिफ्ट’ र ‘प्रति उडान’का आधारमा भन्दै २ वटा ठेक्का आह्वान गरेको थियो । आउट सोर्सिङ कम्पनी छनोटका लागि भएको ठेक्का अहिले त्रिभुवन विमानस्थलभित्रै काम गरिरहेका सुनगाभा सर्भिसेज एन्ड सप्लायर्स र नयाँ नेपाल जनशक्ति प्रालिलाई ठेक्का दिने गरी मिलेमतोकै ठेक्का भएको निगम स्रोतको भनाई छ । 
     
    निगमले प्रति उडानका लागि गरेको बोलपत्र (सीएसडी-०१-२०७८-०७९) सुनगाभा सर्भिसेज एन्ड सप्लायर्स र प्रति सिफ्टको (सीएसडी–०२-२०७८-०७९)लाई नयाँ नेपाल जनशक्ति प्रालिलाई ठेक्का दिलाउने गरी बनाएको छ ।


    शुक्रवार, आषाढ ३ २०७९०७:२९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij