काठमाडौं । रुसले जर्मनीलाई आपूर्ति गर्दै आएको ग्यासको परिमाण पचास प्रतिशतले कटौती गरेको छ ।
रुसको ग्यास उत्पादन कम्पनी गाज्प्रोमका प्रमुख एलेक्सेइ मिलरले रुसले ग्यास वितरण सम्बन्धमा आफ्नै नियम चलाउने बताएका छन् ।
जर्मन अर्थमन्त्रीले ठूलो परिमाणमा आपूर्ति कटौती गरेर गाज्प्रोमले उर्जाको मूल्य बढाउने प्रयास गरेको बताएका छन् ।
तर, गाज्प्रोमले जर्मनीको क्यानडास्थित सिएमेन्स इनर्जीले सर्भिस गरेको उपकरण फर्काउन ढिलो गरेकोले यो समस्या आएको बताएको छ ।
रुसले अहिले जर्मनीलाई प्रतिदिन ७ करोड क्युविक मिटर ग्यास मात्र दिने गरेको छ ।
इटली र अष्ट्रियाले पनि रुसी ग्यासको आपूर्तिमा निकै कमी आएको जनाएका छन् ।