Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री शर्माको जवाफ : करको दररेटमा राष्ट्रघात भएको प्रमाणित भए जिम्मेवारी लिन्छु

अर्थमन्त्री शर्माको जवाफ : करको दररेटमा राष्ट्रघात भएको प्रमाणित भए जिम्मेवारी लिन्छु

  • बिहिवार, आषाढ २ २०७९

  • 792
    SHARES

  • अर्थमन्त्री शर्माको जवाफ : करको दररेटमा राष्ट्रघात भएको प्रमाणित भए जिम्मेवारी लिन्छु

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दाबी गरीएको छ ।

    बिहीबार संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘राजस्वसम्बन्धी समिति बनाएका करका दररेटहरुप्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’

    डलरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उहाँले दावी गर्नुभयो ।

    अर्थमन्त्री शर्माले बजेटको अघिल्लो दिन आफू साढे ११ बजेदेखि पौने १२ बजेको बीचमा पुल्चोक गएर आराम गरेको र बिहान ६ बजे मन्त्रालय आएको स्पष्टीकरण दिनुभएको छ । बजेट आउने अघिल्लो रात अनाधिकृत व्यक्ति छिरेर करका दरमा हेरफेर गरेको आरोपबारे संसदमा स्पष्ट पार्दै अर्थमन्त्री शर्माले मन्त्रालयमा को आउँछ, जान्छ, आफूलाई थाहा नहुने समेत बताउनुभद्धयो । ‘सचिव, डिजीसहित मिलेर बनाएको बजेटको जिम्मेवारी म लिन्छु,’ उहाँले भन्नुभयो, ‘मन्त्रालयमा कुन मान्छे, भित्र आए, मलाई थाहा हुँदैन ।’


    बिहिवार, आषाढ २ २०७९०२:१८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij