Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन

इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन

  • बुधवार, आषाढ १ २०७९

  • 599
    SHARES

  • इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा प्रदर्शन

    काठमाडौं । १४ वर्षीया इसाई किशोरीको अपहरण भएको भन्दै पाकिस्तानमा इसाई धर्मावलम्बीहरुले प्रदर्शन गरेका छन् ।

    पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीया किशोरीको अपहरण भएको भन्दै इसाई धर्मावलम्बीहरुले पञ्जाब प्रान्तको फैसलावाद जिल्लामा प्रदर्शन गरेका हुन् ।

    भारतीय समाचार संस्था एएनआईका अनुसार ती किशोरीको अपहरणपछि बलात्कार भएको आरोप लगाउँदै परिवारजन एवम् आफन्तले दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।

    समाचारमा जनाइएअनुसार प्रहरीले घटनाबारे उजुरी दर्ता गराएको छ । यद्यपि प्रशासनबाट आवश्यक पहल नभएको भन्दै इसाई धर्मावलम्बीहरु आन्दोलित भएका हुन् ।

    पाकिस्तानमा इसाई, हिन्दू एवम् अन्य गैरमुसलमानमाथि हुन हिंसा बढ्दै गएको एवम् यसलाई रोक्न सरकारले यसबारे यथेष्ट पहल नगरेको भन्दै मानवअधिकारवादी संस्थाहरुले आलोचना गर्दै आएका छन् ।


    बुधवार, आषाढ १ २०७९०६:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij